Section 12E
मस्तिष्क मृत्युको जानकारी गराउनु पर्ने
(१) दफा १२घ. बमोजिम मस्तिष्क मृत्युको घोषणा गर्नु अघि चिकित्सकले विरामीको स्वास्थ्य परीक्षण सम्बन्धी यथार्थ विवरण सहित विरामीको मस्तिष्क मृत्यु भएको जानकारी निजको परिवारका सदस्यलाई गराउनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै विरामीको परिवारको सदस्य उपलब्ध नभएको वा वेवारिसे विरामीको हकमा चिकित्सकले दफा १२घ. बमोजिम विरामीको मस्तिष्क मृत्युको घोषणा गरी सो को जानकारी सम्बन्धित जिल्ला प्रशासन कार्यालय र मन्त्रालयलाई गराउनु पर्नेछ ।